Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै


मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

एसले विश्वासको मत दिने, कांग्रेसले आज निर्णय गर्ने

जनकपुरधाम । नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने भएको छ ।

गठबन्धन बाहिर रहेको एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । मधेश प्रदेशमा एकीकृत समाजवादी पार्टीको सात जना सांसद छन् । जनता समाजवादी पार्टी(जसपा) नेतृत्वमा गठन भएको प्रदेश सरकारलाई भने एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छैन् । मधेश प्रदेशमा केन्द्र जस्तै एकीकृत समाजवादी पार्टी विपक्षमा बसेर पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । नवनियुक्त मुख्यमन्त्री यादवले मंगलबार(आज) विश्वासको मत लिदै छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता गोविन्द बहादुर न्यौपानेले बताए । एकीकृत समाजवादीले सभामुखमा पनि सत्ता गठबन्धनको साझा उम्मेदवारलाई नै समर्थन गर्ने सम्भावना बढेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिदा एकीकृत समाजवादीको तर्पmबाट समर्थक वा प्रस्तावक भएको थिएन् । कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिन एकीकृत समाजवादीलाई भनेपनि सकारात्मक रुपमा लिएको थिएन् । एकीकृत समाजवादीले सभामुखमा पनि आपूmहरुलाई समर्थन गर्ने सम्भावना कम रहेको नेपाली कांग्रेसका एक जना सांसदले बताए ।

यता, नेपाली कांग्रेस भने मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने अथवा नदिनेबारे मंगलबार नै निर्णय गर्ने भएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत र सभामुखमा आप्mनो उम्मेदवारको पक्षमा महोल बनाउन मंगलबार बिहान संसदीय दलको बैठक डाकिएको छ । कांगे्रस संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने भएको छ । बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने अथवा नदिने बारे निर्णय गर्ने कांगे्रस संसदीय दलका नेता कृष्णा यादवले बताए । यादवका अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिने अथवा नदिने बारे परिस्थिति हेरेर निर्णय लिइने छ । सभामुखमा आपूmहरुले पनि समर्थनको अपेक्षा राखेको छौ, उनले भने–सभामुखमा समर्थन गरेमा आपूmहरुले पनि विश्वासको मत दिने हो । यस्तो परिस्थिति नआएमा बैठकले गरेको निर्णय अनुसार अघि बढ्ने संसदीय दलका नेता यादवले बताए । राजनीतिमा सबै सम्भव रहेकोले सभामुख आपूmहरुको नहुने अहिले नै भन्न नसकिने उनले थपे । यद्यपी, नेपाली कांग्रेसले पनि नवनियुक्त मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सम्भावना छ । केन्द्रमा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर राजनीति सिनारियो फेर्ने प्रयत्न गरेको छ, एक जना सांसदले भने– मधेशमा पनि कांग्रेसले वैकल्पिक गठबन्धनको विकल्प खुला राख्नको लागि विश्वासको मत दिनुपर्छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएर कांगे्रसले विकल्प खुला राख्न चाहेकोले भोली(मंगलबार) मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक रहेको छ । नेपाली कांग्रेसको मधेश प्रदेशमा २२ जना सांसद रहेको छ ।

मधेस प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको थियो । यससँगैप्रदेशको लागि सभामुख चयनको लागि हुने भनिएको निर्वाचन पनि एक दिनको लागि सरेको छ ।

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सोमबारको बैठक स्थगित गरिएको थियो । बैठक स्थगित भएसँगै प्रदेशसभाका सभामुखको चुनाव र मुख्यमन्त्री सरोज यादवले लिने विश्वासको मत लगायतको कार्यसूची मंगलबार सरेको छ । उनका अनुसार बैठक र निर्वाचन लगायतका कार्यसूची मंगलबार दिउँसो १ बजेका लागि सारिएको हो ।

राष्ट्रिय शोकका कारण प्रदेशसभाको सोमबार तोकिएको दोश्रोे बैठक स्थगित गरिएको छ ।

पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो । काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा परी दुर्घटना भएको थियो ।

दुर्घटनापछि सरकारले राष्ट्रिय शोक घोषणा गर्दै सोमबार बिदा दिएसँगै प्रदेशसभाले सोमबार बस्ने भनेको बैठक स्थगित गरेको हो । विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेशभसाको बैठक स्थगित गरिएको छ ।

दुई तिहाई बढी मत पाउने

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार(आज) विश्वासको मत लिदै छन् । उनले प्रदेशसभाको दुई तिहाई मत प्राप्त गर्ने भएका छन् । नेपाली कांग्रेस बाहेक अन्य दलहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको छ । सत्ता गठबन्धनमा आवद्ध दल बाहेक नेकपा एकीकृत समाजवादी पार्टीले पनि विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेस भने विश्वासको मत दिने अथवा नदिने बारे मंगलबार बिहान मात्रै निर्णय गर्ने भएको छ । तर, कांग्रेस सांसदहरुका अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्भावना बढी छ । नेकपा एमालेको २४, जसपा–१६, जनमत पार्टी–१३, नेकपा माओवादी र एकीकृत समाजवादी–७÷७, लोकतान्त्रिक समाजवादी पार्टी–९, राप्रपा र संघीय समाजवादी पार्टी १÷१ तथा दुई जना स्वतन्त्र सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको छ । १ सय ७ सदस्य रहेको प्रदेशसभामा एक जना स्वतन्त्र सांसद अनिर्णित छन् भने माओवादीका दुई जना सांसदले पद तथा गोपनीयताको शपथ ग्रहण नगरेकाले प्रदेशसभाको बैठकमा भाग लिन पाएका छैनन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध