जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले मधेश प्रदेशको संसदीय दलको नेतामा गोबिन्दबहादुर न्यौपानेलाई चयन गरेको छ ।
शनिबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा न्यौपानेलाई संसदीय दलको नेता चयन गरेको हो । मधेश प्रदेशमा एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् । चार वटा प्रत्यक्षतर्पm जितेको एकीकृत समाजवादी पार्टीले समानुपातिकतर्पm ३ सिट पाएको हो । मधेश प्रदेशमा उमेर हदको आधारमा न्यौपाने ज्येष्ठ प्रदेशसभा सदस्य छन् । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सांसदहरुलाई उनले नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने प्रदेशसभाको प्रथम बैठकको अध्यक्षता समेत न्यौपानेले नै गरेका थिए । प्रदेशमा नयाँ सभामुख निर्वाचित नभएसम्म प्रदेशसभाको अध्यक्षता न्यौपानेले नै गर्ने छन् । भोली मंगलबार बस्ने प्रदेशसभाको दोश्रो बैठकको अध्यक्षता पनि उनी नै गर्ने छन् ।