सर्लाही । सर्लाहीको बलरा नगरपालिका–७, डुमरियामा आयोजित ४ दिने शिविरमा एक हजार भन्दा बढीले निःशुल्क रुपमा आँखाको उपचार गराएका छन् ।
नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल, आरोग्य संगठन र ब्रम्हभूमी हेल्थ रिसर्च सेन्टरको संयुक्त आयोजनामा पुस २५ देखि २८ गतेसम्म संचालित आँखा शिविरमा ठूलो संख्यामा स्थानीय वासिन्दालाई सेवा प्रवाह गरिएको हो । आँखा परीक्षण गरिएकामध्ये मोतिया विन्दु फेला परेका १८५ जनाको निःशुल्क अप्रेशन पनि गराइएको छ ।
सर्लाही क्षेत्र नं. ४ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार राजेशकुमार सिंहको पहलमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको हो ।