काठमाण्डौ । आम जनता पार्टी र नेकपा (माओवादी समाजवादी पार्टी) बीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आजपा र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादी एकताबद्ध हुने सहमति भएको आजपाका प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।
एकीकृत पार्टीको नाम भने आम जनता पार्टी नै रहने यादवले प्रस्ट्याए ।
अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसँग एकताको अभियानमा आजपा रहेको प्रचारप्रसार विभाग उपप्रमुख यादवले बताए । मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले यही महिना आफ्नै नेतृत्वमा पार्टी गठन गरेका थिए ।