जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिका–१५, हरिपुरमा रहेको आधारभूत विद्यालयका २५ जना विद्यार्थीलाई चिसोमा लगाउने न्यानो स्वीटर प्रदान गरिएको छ ।
सामाजिक अभियन्ता सुन्दर श्याम रायको पहलमा विद्यालयमा अध्ययनरत् २५ जना गरिब, दलित र जेहेन्दार विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो । राज हिजियारी वीरगन्जको सहयोग तथा बाल कल्याण समाज सर्लाहीको आयोजनामा भएको सो कार्यक्रम संस्थाका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता रायकै अध्यक्षतामा आयोजित कार्यक्रममा मानव अधिकार रक्षक संजाल सर्लाहीका संयोजक मुकेश मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका विद्यार्थीले चिसोका कारण स्वीटर नहुँदा विद्यालय आउनबाट बन्चित थिए । अब उनीहरु नियमित विद्यालय आउने अपेक्षा गरिएको छ ।
राज होजियारी र बाल कल्याण समाजले यसरी विभिन्न विद्यालयमा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।