जनकपुरधाम । धनुषाको धनुषाधाममा प्रत्येक शनिबारको दिन गर्दै आएको सरसफाइ अभियान ३१औ हप्तामा पुगेको छ ।
प्राचीन देवभुमी धनुषमन्दिर÷वानगंगा संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको अगुवाईमा प्रत्येक शनिबारको दिन सरसफाइ अभियान संचालन गरिएको छ ।
धनुषाधामको संरक्षित वन अन्तर्गत पर्ने स्वर्गद्वारी आस्थाका धार्मिक धरोहर एवं पवित्र वानगंगा नदि तटको पश्चिम र वैदिककालीन आकाशिय २७ नक्षत्र वाटिका अनुरुप धार्मिक अनुष्ठान उदेश्यको निम्ति प्रयोजन लगायतका दुर्लभ वनस्पति प्राचीन १०८ बृक्ष रोपिएको क्षेत्रमा सरसफाइ गरिएको छ ।
२०७९ असार शनिबारदेखि स्थानीय सरकार, नागरिक समाज, प्रहरी , व्यापारी, विद्यार्थी, युवा एवं संचारकर्मी तथा अभियन्ताहरुको अठोट र दृढ संकल्पले सहित धार्मिक पर्यटकीय सम्वद्र्धन एवं प्रबद्र्धन गर्ने पबित्र उदेश्य अनुरुप सुरुवात भएको सप्ताहिक सरसफाइ अभियान मुर्तरुप लिएको अभियन्ता प्रमोद कुमार यादवले बताए ।
धार्मिक पर्यटक उन्मुख पवित्रभूमि जनकपुरधामदेखि देवभुमी धनुषाधाम आन्तरिक र वाहिरी पर्यटक भित्रिदा वन एवं बजार क्षेत्र अव्यवस्थित फोहोर र प्रदूषित वातावरणको सामना गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
सफा र सुन्दर हरियाली पर्यावरणमुखि धनुषाधाम परिकल्पना गर्नु हाम्रो अभियानमाको मुख्य लक्षय रहेको छ । मधेश प्रदेशको राजधानी त्रेतायुगिन पौराणिक सभ्यताको गौरवशाली इतिहास बोकेको धनुषाधाम र जनकपुरधामलाई धार्मिक करिडोर रूपमा विकास र व्यवस्थित गर्न सके अझै पर्यटकको संख्या बढ्ने सम्भावना रहेको अभियन्ता यादवको भनाइ छ ।
धनुषाधाम संरक्षित वन एक महत्वपुर्ण मिथिला सांस्कृती र पहिचान संग सरोकार रहेको छ । त्रेता युगिन अंतर सम्बन्ध रहेको वनस्थल हो । यसको आफ्ने प्राचीन र धार्मिक विशेषता छ । २०६९ साल फागुन १४ गते नेपाल सरकारले राज पत्रमा सूचना प्रकाशित गरि संरक्षित वन घोषणा गरि चरीचोरण नियन्त्रण एवं संरक्षणमा थप वलपुगेको थियो । मधेश प्रदेशको प्रस्ताविक गौरवान्वित परियोजना अन्तर्गतका चिडियाखानाको सम्भावयता अध्यन समेत भइ सकेका धनुषाधामको संरक्षित वनमा हरेक वर्ष आन्तरिक एवं वाहिरी पर्यटकहरु भित्रिने गर्छ । बनस्पति उद्धानमा दुर्लभ प्रजातिका बिबिध वनस्पतीहरु,जुलोजिकल पार्क, बाटर ताल, रंगीचंगी मनमोहक गार्डन् रहेको उनले दावी गरे ।