जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी समिति बैठकले सरकारलाई विश्वासको मत दिने वा नदिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।
लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार सरकारले विश्वासको मत मागे के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि अध्यक्ष ठाकुरलाई अधिकार दिइएको हो ।
त्यसबाहेक मधेश प्रदेशको संसदीय दलको संशोधित विधानलाई समेत बैठकबाट अनुमोदन गरिएको उनले बताए ।
बैठकले संगठन विस्तारको कामलाई पनि यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको उनले बताए ।