जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका निर्णयको बेबास्ता गर्दै बोर्डिङ (संस्थागत)स्कुल संचालन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले पुस २० गते बुधबारदेखि नगरका सामुदायिक र संस्थागत विद्यालय २२ गतेसम्म जाडो विदा गर्ने निर्णय गरेको थियो । नगरका सामुदायिक विद्यालयहरु विदा भएपनि संस्थागत विद्यालयले उपमहानगरपालिकाको निर्णयलाई बेबास्ता गर्दै बुधबार पनि विद्यालय संचालन गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले गरेको निर्णयको ठाडो उल्लंघन गर्दै बोर्डिङ स्कुल संचालकहरुले विद्यालय संचालन गर्दै आएको छ । बोर्डिङ स्कुलहरुको छाता संगठन एनप्याब्सनले जनकपुरधाम उपमहानगरपालिकाको निर्णयलाई हावादारी बताउँदै विद्यालय बन्द गर्ने कुनै कारण नरहेको तर्क गरेको छ । जनकपुर नगरभरिका नाम कमाएका विद्यालयहरु एनप्याब्सनमा आवद्ध छन् । ती सबै विद्यालयहरुले बुधबार नियमित पठनपाठन संचालन गरेको छ । उनीहरुले उपमहानगरपालिकाको निर्णयको बास्ता नगरी बालबालिकालाई विद्यालय बोलाएको हो । शुल्क निर्धारण, भौतिक पूर्वाधार, अयोग्य शिक्षकको भरमा संचालित यहाँका बोर्डिङ स्कुलहरुको अनुगमन, कानूनी मान्यता दिने कार्य जनकपुरधाम उपमहानगरपालिकाले दिने गरेको छ । सरकारी मापदण्डको पालना गर्न अटेर गरेका जनकपुरका यस्ता बोर्डिङ स्कुल उपमहानगरपालिकाको निर्देशनलाई पनि अटेर गरेको छ ।
धनुषामा नीजि विद्यालयहरुको तीन वटा छाता संगठन रहेको छ । तिवारी अध्यक्ष रहेको एनप्याब्सनमा सिद्धार्थ शिशु सदन, मिट, न्यु इंगलिश बोर्डिङ स्कुल लगायतका एक दर्जनका विद्यालयहरु छन् । यी विद्यालयहरु तेश्रो त्रैमासिक परीक्षा सुरु गरेको छ । परीक्षाको नाउँमा बोर्डिङ स्कुलल शुल्क असुल गर्दै आएको छ । अभिभावकलाई जानकारी समेत नदिएर विभिन्न शिर्षकमा शुल्क असुल गर्दै आएको छ ।
बोर्डिङ स्कुलले डोमिनेट गर्न खोजेको छःसंयोजक यादव
आपूmहरुले बन्द गर्न भनेको छु, जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाका संयोजक समेत रहेका निमित्ति प्रमुश प्रशासकीय अधिकृत मिहिलाल यादवले भने–तर, नगरका बोर्डिङ स्कुलहरुले अटेर गरेको छ । विगतमा पनि उपमहानगरपालिकाको सूचना अटेर गरेर बोर्डिङ स्कुलहरु संचालन गरिएको सम्झिदै संयोजक यादवले जनकपुरधामका बोर्डिङ स्कुल अगाडि उपमहानगरपालिका निरिह छ ।
शैक्षिक निर्णयमा उनीहरुले आप्mनो स्थान खोज्दै आएपनि उपमहानगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयलाई समेत स्थान नदिएको यादवले बताए । जनकपुरका बोर्डिङ स्कुलले उपमहानगरपालिकालाई डोमिनेट(हावी) गर्न खोजेको उनको तर्क छ । जनकपुरधाम उपमहानगरपालिकामा रहेको विपद व्यवस्थापन समितिले केही दिन यता बढ्दै गएको चिसोका कारण बालबालिकालाई विद्यालय आवतजावतमा समस्या भइरहेको मध्यनजर गरेर सामुदायिक र संस्थागत विद्यालय पुस २२ गतेसम्म बन्द गर्ने निर्णय मंगलबारको गरेको थियो । बुधबारदेखि सामुदायिकसँगै बोर्डिङ स्कुल पनि बन्द गर्नको मेयर साहब(मनोज साह) ले निर्देशन गरेकोले सोही अनुसार सूचना जारी गरिएको संयोजक यादवले बताए । तर, बोर्डिङ स्कुलले यसको बेबास्ता गरेर बुधबार पनि विद्यालय संचालन गरेको उनले स्वीकारे ।
जाडो विदा खास गरेर सामुदायिक विद्यालयको लागि रहेको छ, उनले भने–सामुदायिक विद्यालयका बालबालिका विपन्न हुन्छ । उनीहरुलाई लत्ताकपडाको अभाव हुन्छ । त्यसैले उनीहरुको लागि जाडो विदा हुन्छ । बोर्डिङ स्कुलका बालबालिकालाई एसीमा बसाउने गरेकोले समस्या नरहेको संयोजक यादवको तर्क छ । यद्यपी, जनकपुरका कुनै विद्यालय एसी कक्षामा राखेर बालबालिकालाई पढाएको देखिदैन् । जस्ताको छानो भएको कक्षाकोठामा बसाएर बालबालिकालाई पोशाक र टाइ लगाउन बाध्य पार्दै आएको छ । विद्यालयका संचालक र शिक्षकहरु न्यानो लत्ताकपडा पर्याप्त प्रयोग गरेपनि बालबालिकालाई पोशाकमा टाइ र स्वीटर बाहेकको न्यानो लत्ताकपडा लगाउन रोक लगाउँदै आएको छ । बोर्डिङ स्कुलले आपूm खुशि शुल्क निर्धारण, परीक्षा संचालन गरेर अभिभावकसित चर्को शुल्क असुल गर्दै आएपनि सरोकारबाला निकाय मौन छ । जिल्ला शिक्षा कार्यालय मातहत हुँदा बेला बेलामा अनुगमन हुने गरेपनि स्थानीय तहले यसलाई निरन्तरता दिन सकेको छैन् । जसका कारण विभिन्न शिर्षकको नाउँमा शुल्क लिदै आएको बोर्डिङ स्कुलले बालबालिकालाई त्यो अनुसारको सुविधा भने उपलब्ध गराएको छैन् ।
उपमहानगरपालिकाको निर्णय हावादारी
नेपाल प्याब्सन धनुषाका अध्यक्ष अवधेश तिवारीले जनकपुरधाम उपमहानगरपालिकाको निर्णयलाई त्रुटिपूर्ण बताएका छन् ।
विद्यालयहरुमा पठनपाठनसँगै केहीले परीक्षा लिइरहेको अवस्थामा बन्द गर्ने निर्णय लिएको आरोप उनको छ ।
विदा गर्ने निर्णय गर्दा आपूmहरुलाई जानकारी नगराएकोले आपूmहरु मान्न बाध्य नरहेको उनको तर्क छ ।
जनकपुरधाम उपमहानगरपालिका आपैmमा अधिकार प्राप्त सरकार प्रमुख रहेपनि उनले आपूmहरुले भने अनुसारको गर्नुपर्ने तर्क दिए । आपूmहरुले उपमहानगरपालिकामा सम्पर्क गर्दा पठनपाठन नगराउन भनेको छ, उनले भने–तर, परीक्षा भने संचालन गर्नको लागि भनेको छ ।
पठनपाठन संचालन नगरेर परीक्षा लिनको लागि उपमहानगरपालिकाले भनेको तिवारीले बताए ।
उपमहानगरपालिकाको भूमिका दोहोरो हुँदा बुधबार सयौ अभिभावक अलमलमा परेका छन् । उनीहरुले उपमहानगरपालिकाको सूचनाको आधारमा विद्यालय विदा रहेको भन्दै बुधबार बालबालिकालाई विद्यालय समेत पठाएका थिएनन् । बोर्डिङ स्कुलहरुले पनि बिना कुनै आधिकारिक जानकारीको विद्यालय बुधबार पनि नियमित राखे । बोर्डिङ स्कुलका छाता संगठन एनप्याब्सनले पनि कुनै सूचना जारी नगर्दा अभिभावक अलमलमा परेका थिए ।