जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिकामा घरमै गोली प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गएको पुस ९ गते घरमै रहेको बेला गोली हानी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दुई जनालाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
गत पुस ९ गते मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ४५ वर्षीय धनुक दासलाई गोली प्रहारी गरी हत्या गरिएको यिो । हत्याको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन् ।
घरमै बसिरहेको बेला दासमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि जनकनपुरस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताए ।
घटनामा संलग्न अन्य एकजना अझै फरार अवस्थामा रहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्न नमिल्ने प्रवक्ता प्रहरी नायब उपरिक्षक क्षेत्रीले थपे ।