जनकपुरधाम । धनुषा प्रहरीले पाँच लाख बढीको अवैध मालसामान बरामद गरेको छ ।
पुस १५ गते जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिगएको प्रहरी टोलीले धनुषा सवैला नगरपालिका वडा नं.९ स्थित सार्वजनिक सडक खण्डमा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्रदेश २–०२–००३ प २३४३ न. होण्डा साईन, ज ८ प ६०५९ न.को प्यासन प्रो., ज ६ प ६६०५ न. को ग्लेमर, बा २६ प ५०४२ न. को हिरो होण्डा, नम्वर प्लेट नबुझिएको प्यासन प्रो. मोटरसाईकलहरुमा लोड गरि राखिएको ५ लाख ७५ हजार २ सय बराबरको किराना खाद्यान्न लगायतको सर–समानहरु बरामद गरेको हो ।
बरामद गरिएको सामानहरु रित पुर्वक आइतबार आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ ।