जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादवलाई चयन गरेको छ । यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई शनिबारसंसदीय दलको नेता चयन गरेका हुन् । नेता यादव सप्तरी–२(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले पूर्व सिचाई मन्त्री माओवादीका उमेश कुमार यादवलाई फराकिलो अन्तरले पराजित गरेका थिए । उनको प्रदेशसभा क्षेत्रबाट पार्टी अध्यक्ष डा. राउतले पनि बम्पर मत पाएका थिए । गएको पुस ५ गते जनकपुरमा बसेको बैठकले मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्ने जिम्मेवारी अध्यक्ष डा. राउतलाई दिएको थियो । यसअघि उनी आपैm प्रतिनिधिसभा संसदीय दलको नेतामा सर्वसम्मत भएका थिए । तर, मधेश प्रदेशमा दलको नेतामा आकांक्षी बढि देखिएपछि टुंगो लगाउने जिम्मा डा. यादवलाई दिएको थियो । उनले शनिबार संसदीय दलको नेतामा यादवलाई चयन गरेका हुन् ।
उनलाई पार्टीका नेताहरुले सर्वसहमत चयन गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ । नवनिर्वाचित प्रदेश सांसदहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेको एक दिन नबित्दै जनमतले संसदीय दलको नेताको टुंगो लगाएको हो । मधेश प्रदेशमा यसअघि नेपाली कांग्रेसले संसदीय दलको नेताको चयन चुनावी प्रक्रियाबाट गरेको थियो ।
सचिवालयका अनुसार दलको सचेतकमा चन्दन कुमार सिंह, सचिव शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन भएकी छन् । मधेश प्रदेशमा जनमतको प्रत्यक्षतर्पm ६ र समानुपातिकतर्पm ७ गरी १३ जना प्रदेशसभा सदस्य रहेको छ ।
चौथो दलको हैसियतमा रहेको जनमतले मधेश प्रदेशमा मुख्यमन्त्रीमा दावी गर्दै आएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भइसकेको जनमत मधेश प्रदेशमा पनि सरकारमा सहभागी हुने करिब पक्का छ । संघमा वाँडफाँटमा जनमतले मधेश प्रदेशमा आलोपालो मुख्यमन्त्री पाउने सहमति हुने सम्भावना छ । नेकपा एमाले, माओवादी नेतृत्वले मधेश प्रदेशमा जनमत र जनता समाजवादी पार्टी(जसपा) लाई आलोपालो सरकोको नेतृत्व दिन सकारात्मक छ । पुस ५ गतेको बैठकमा संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले सहमति हुन नसकेपछि दलको नेता चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको थियो । संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायतले दावी गरेका थिए ।