जनकपुरधाम । आप्रवासी वहुउद्देश्यीय सहकारी सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले उद्घाटन गरेपछि साधारणसभा शुरु भएको थियो ।
गापा अध्यक्ष मिश्रले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुरÞ्याएको उनको भनाइ थियो ।
आप्रवासी वहुउद्देश्यीय सहकारी संस्था लि. लक्ष्मीनियाँ गापा–७ का अध्यक्ष दुखरण यादवको अध्यक्षतामा भएको साधारणसभामा वक्ताहरुले सहकारीले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुरÞ्याएको बताए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष कुसुमदेवी मालिनले आय–व्यय विवरण सार्वजनिक गरेकी थिइन् । आय–व्यय विवरण सार्वजनिक गर्दै उनले संस्थाको बचत ३१ लख २५ हजार ८१८ रहेको बताइन् । यस्तै शेयरपुजी ८ लाख ६८ हजार ६६० रहेको छ भने ऋण लगानी २१ लख ९२ हजार ४८२ रहेको जानकारी दिइन् ।
२०७५ सालमा दर्ता भएको संस्थामा हाल ५३६ जना शेयर सदस्य रहेका छन् । गत आर्थिक वर्षमा संस्थाले ८ लाख ५२ हजार १२० रुपैयाँ आम्दानी गरेको छ । संस्थाले सामाजिक उत्तरदायि निर्वाह गर्दै अघि बढेको हो । संस्थाका उपाध्यक्ष इन्द्रासन यादवले स्वागत मन्तव्य राखेकी कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी यादव, वडा नं. २ का वडाध्यक्ष लालजी साह, वडा नं. ५ का वडाध्यक्ष दुखरण यादव, बासुदेव यादव, आप्रवासी संगठन धनुषाका पूर्व अध्यक्ष कौशल्या सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।