जनकपुरधाम । जनकपुर–जयनगर रेलमा कुल्चिएर एक यात्रीको मृत्यु भएको छ । बुधबार बिहान जयनगरबाट जनकपुर हुँदै कुर्थासम्मको लागि छुटेको रेलमा कुचिएर यात्रीको मृत्यु भएको हो ।
जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा वैदेही स्टेशनमा कुल्चिएर यात्रीको मृत्यु भएको छ ।
जयनगरबाट कुर्था आउँदै गरेको रेलमा कुल्चिएर नगराईन नगरपालिका राघोपुरका ३५ वर्षीय पुरन सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
वैदेही रेल्वे स्टेशनमा खुलिसकेको रेलमा चढ्न खोज्दा लडेपछि रेलको चक्काले कुल्चिएर दासको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । गएको चैत १९ गतेदेखि संचालनमा आएको रेलमा पहिलो पटक यात्रीको ज्यान जाने गरी घटना भएको हो । यसअघि जयनगरबाट जनकपुर आउँदै गरेको रेलमा विष्फोटकजन्य पदार्थ राख्दा आगलागी भएको थियो । रेल चढ्ने क्रममा मृत्यु भएको यात्रीको बारेमा खोजवीन भइरहेको नेपाल रेल्वेका महाप्रबन्धक निरंजन झाले बताए । उनले टिकट समेत नकाटेर रेल चढ्न खोजेको बताइएको छ ।