जनकपुरधाम । विभिन्न सात सुत्रीय माग राखेर यहाँस्थित संघसंगठनले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएका छन् ।
पिछडावर्ग (ओबीसी) महासंघ, जनकपुर उद्योग वाणिज्य संघले मगही भाषा भाषीहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै प्रदेश प्रमुख मिश्रलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मगही भाषा संस्कृति विकासको लागि मगही भाषा संस्कृति विकास बोर्डको गठन गर्नुपर्ने, मातृ भाषा मगही प्राथमिक शिक्षामा लागु हुनुपर्ने, मगही भाषाभाषीको पहिचान मुरलीचौक मुरली सर जनकपुरधामको शान रहेकोले मुरलीचौक कायम हुनुपर्दछ ।
मगही भाषाभाषी प्रदेश सांसदहरुले आफनो मातृभाषा मगहीमा सपथ ग्रहण गर्नुपर्ने,
पिछडावर्ग (ओबीसी) जात जातीको पहिचान गरी उनीहरुको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन, र उत्थानको लागि गठित मधेश प्रदेश सरकारको उच्च स्तरीय सुझाव समितिको अध्यक्ष अर्थमंत्री शैलेन्द्र साहको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतको माग अघि सारेको छ ।
पिछडावर्ग (ओबीसी) महासंघका अध्यक्ष भरत महतो, जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह र ओबीसीका महासचिव परमेश्वर कापडी लगायतको नेतृत्वमा गएको टोलीले ज्ञापन बुझाएको थियो ।