कलैया । बारामा करिब १७ कठ्ठामा लगाइएको गाँजा फडानी गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले निजगढ नगरपालिका वडा नं १२ र १३ कुलियामा झण्डै ३० कठ्ठामा लगाइएको गाँजा फडानी गरेको हो ।
लुकीछिपी लागु औषध गाँजा लगाईएको छ भन्ने सूचनाको आधारमा खटिएको सुरक्षाकर्मीको टोलीले गाँजाको बोट फडानी गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआईजी गणेश ठाडामगरले बताए ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प, रनतपुरी तथा ईलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मीको टोलीले गाँजा फडानी गरेको ठाडामगरले बताए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक जगनाथ खड्का र प्रहरी निरीक्षक सञ्जिव ओलीको नेतृत्वमा खटिएको टोलीले गाँजा फडानी गरेका थिए ।
फडानी गरिएको गाँजाको बोट एक ठाउँमा जम्मा गरेर जलाएर नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।