जनकपुरधाम । धनुषामा आफ्नै काकीको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विदेह नगरपालिका–७ बेलापट्टी गाउँका २० वर्षीय दिलिप कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार साँझ ३० वर्षीया कविता देवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनको १४ महिनाको छोरा घाईते भएको प्रहरीमा खबर प्राप्त भएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजोले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको अनुसन्धान टोली घटना स्थलमा जाँदा मृतक लाशको अनुहारकै भागमा गम्भिर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलिपलाई शंकास्पद अवस्थामा फेला परेको र उनको हातको बुढी औला तथा घाटिको भागमा स–साना चोट जस्तो दाग देखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रदीप क्षेत्रीका अनुसार दिलिपको शरीर खान तलासि गर्दा उनले लगाएको अन्डर वेयर भित्र मृतकले प्रयोग गर्ने मोवाईल लुकाई छिपाई राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडी भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला परेको हो ।
यस्तै, वरदातको समय लगाएको जिन्स पाईन्ट र भेष्टमा रगत जस्तो पदार्थ लागेको कपडा आफ्नो घरमा ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विदेह नगरपालिका वडा नं. ०७ वेलापट्टि बस्ने श्रीराम साहको श्रीमती ३० वर्षीया कविता देवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनको छोरा १४ महिनाको कार्तिक कुमार साह घाईते भई उपचारको लागि काव्या अस्पताल जनकपुरमा ल्याएको थियो ।
दिलिपलाई धनुषा जिल्ला आदालतवाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता क्षेत्रीले बताए ।