जनकपुरधाम । मधेश प्रदेशसभा सचिवालयले भोली सोमबारको लागि सर्वदलीय बैठक आह्वान गरेको छ । सोमबार दिउँसो १ बजे प्रदेशसभामा बैठक हुने भएको छ । बैठकले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण, संसदीय दलको कार्यालय व्यवस्थापन, प्रदेशसभा को सभाहलको व्यवस्थापन लगाएको विषयमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले बताए । यादवका अनुसार आइतबार हुने भनिएको बैठक सार्वजनिक विदाका कारण एक दिन अगाडि सोमबार दिउँसोसम्मको लागि सारिएको हो । बैठकको लागि दलका नेताहरुलाई जानकारी गराइएको छ ।