Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

मधेश प्रदेशका सांसदलाई शारदा शंकरले सपथ खुवाउने


मधेश प्रदेशका सांसदलाई शारदा शंकरले सपथ खुवाउने

जनकपुरधाम । मधेश प्रदेशसभाका नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य शारदा शंकरप्रसाद कलवारले शपथ ग्रहण गराउने भएका छन् ।

संसद सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्था अनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताएका हुन् ।

सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशंकर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई शपथ ग्रहण गराएपछि मात्रै उनले अन्य प्रदेशसभा सदस्यहरूलाई शपथ गराउने छन् ।

उनले भने, ‘सर्वप्रथम ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखज्यूसँग शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई हामी सूचना गर्नेछौँ । कानुनी प्रावधान निर्वाचन ऐनमा व्यवस्था भएअनुसार उपस्थित सांसदहरूमध्ये ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने भन्ने भएकाले कलवारमार्फत उहाँहरूलाई सपथग्रहण गराउने कार्यक्रम अगाडि बढाइनेछ ।’

सचिव यादवले ज्येष्ठताका आधारमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ गराउने तय भएपनि न्यौपाने अस्वस्थ रहेकोले शारदा शंकर कलवारले शपथ गराउने तयारी भएको बताए । न्यौपानेको उमेर ७१ वर्ष छ भने शारदा शंकरको उमेर ७० वर्ष रहेको छ ।

न्यौपाने नआउने भएपछि बारा २ को (१) बाट स्वतन्त्र निर्वाचित कलवारबाट नै ज्येष्ठ सदस्यको रुपमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको संसद सचिवालयले स्पष्ट पारेको छ ।

प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे अहिलेसम्म समय निश्चित नभएको उनले बताए । सचिवालयले अगामी आइतवार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने उनले जानकारी दिए ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ जना र समानुपातिकतर्फ ४३ जना गरी १०७ जना सांसदहरु निर्वाचित भएका छन् । उनीहरूलाई शपथ ग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संसद सचिवालयले जनाएको छ । प्रदेशसभाको पहिलो कार्यकालको तुलनामा यसपटक दलहरूको अंकगणितमा फेरबदल भएको छ । यसपटक मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व छ ।

यसअघिको कार्यकालमा जसपा पहिलो, नेपाली कांग्रेस दोस्रो, लोसपा तेस्रो, नेकपा एकीकृत समाजवादी पार्टी चौथो, नेकपा एमाले र नेकपा माओवादी पाँचौ दलको रुपमा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध