जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गंभिर घाइते भएका छन् ।
बसले ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ गइरहेकोे ज १२ प १४९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । ठक्करबाट मिथिला बिहारी नगरपालिका–१ भूतही पटेर्वाका अन्दाजी ५५ वर्षीय चन्द्रदीप यादवको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका ३४ वर्षीय लक्ष्मण यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
मोटरसाइकलमा ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।