जनकपुरधाम । धनुषामा चेतनामूलक विकाससंगै लक्षित वर्गको आयस्तर उकास्न आयमूलक तालिमहरुले महिलाहरु हौसिएका छन् ।
जिल्लाको शहीदनगर नगरपालिकाको ग्रामीण क्षेत्रका महिलाहरु पनि अहिले आय तथा सीपमूलक तालिममा व्यस्त रहेका छन् । तालिम लिएर आफै आत्मनिर्भर बन्ने अठोटका साथ उनीहरु अहिले ब्युटी पार्लर, सिलाईकटाई सिक्न व्यस्त भएका हुन ।
शहीदनगर नगरपालिका वडा नम्बर १ ले आफ्ना वडामा रहेका महिलाहरुको आय स्तर उकास्नका लागि वडामा रहेको १२ जना महिलाहरुलाई स्वरोज बनाउन सिप प्रदान गरेको छ । वडाका विपन्न, दलित महिलाहरुलाई छनौट गरी उनीरुलाई दुई पटक तालिम प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष तेजीलाल यादवले बताए ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत शहीदनगरसहित जिल्लाको पाँच पालिकाका विपन्न, दलित महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम प्रदान गरिएको हो ।
तालिमको सिकाई उपलब्धीलाई व्यवहारमा ल्याएर आपूmहरु आत्मनिर्भर हुने विश्वास शहीदनगर नगरपालिका–४ की पुनिता पासवानको छ ।
ब्युटी पार्लर, माछा पालन, सिलाई कटाई कसरी गर्ने, यसको बजार, ग्रामीण महिलाहरुको लागी उसको उपयोगिता लगायतको विषयमा जानकारी प्रदान गरिएको आसमान नेपालका परियोजना संयोजक घुरन यादवले बताए ।
तालिमका प्रशिक्षार्थी आफै लगाउन तथा ब्यापार गर्न समेत तालिमले सहज पार्ने उनले बताए । टोल छिमेकका अन्य साथीहरुलाई पनि यसबारे सीप दिइ सामुहिक रुपमा यसको व्यवसाय गर्ने सोच रहेको पुनिताले बताइन् ।
शहीदनगर नगरपालिकाका बालाबाखर, कुम्भकर्ण, ननुपट्टी लगायतका महिलाहरुले आपैm स्वरोजगार विभिन्न पेशा रोजेकी छन् ।
आर्थिक रूपमा ती महिलाको पहुँच नहुनु र घरमा समेत उनलाई कुनै कानुनी (मनमा लागेको बोल्ने, निर्णय लिने) अधिकार थिएन् । हिजो जो महिला विद्यालय गए वा सामुदायिक गतिविधिमा संलग्न रहे, तिनले आर्थिक स्वतन्त्रताको महत्व बुझे । र, आज तिनको अवस्था सुध्रिएको महिला अगुवा रितादेवी साफी बताउँछिन् ।
मधेशका धेरैजसो महिला एउटा उत्पादन इकाइ जस्तो भएर बसेका थिए, उनले भनिन्–खाना पकाउनु, खुवाउनु, बच्चा जन्माउनु, श्रीमान्, छोराछोरी वा सासूससुराले जे भन्यो त्यही सुन्नु । अहिले भने महिलाको काम त्यति नै छैन्, चुल्होचौकोसँगै आत्मनिर्भर पनि बन्नु छ । घरको कामसँगै आपूm पनि सक्षम र योग्य भई परिवारको समृद्धिमा सहयोग पुर्याउन हौसिएको शहीदनगर नगरपालिका–७ का वडाध्यक्ष महेश्वर मण्डलको तर्क छ ।
आर्थिक सशक्तीकरण, निर्णय लिने प्रक्रियामा महिलाको पहुँच, सामुदायिक स्तरमा संलग्न हुन थालेकोले अव भने महिला सशक्त भइरहेको उनले थपे ।
पछिल्ला तथ्यांकले मधेशका महिलाको आर्थिक स्वतन्त्रताका केही झिल्का देखाएको छ । आर्थिक गतिविधिमा महिलाहरूको संलग्नता बढेको छ । तर, समस्या के भने उनीहरूको कामको गणना र सराहना हुँदैन् । ज्नता आधारभूत विद्यालय कुम्भकर्णका प्रधानाध्यापक मोहन यादवको भनाई छ ।
देशको कुल गार्हस्थ्य उत्पादनमा मधेशका महिलाको योगदानबारे यकिन तथ्यांक दिन गाह्रो छ । तर योगदान त छ । कृषिमा महिलाको भूमिका सम्मानयोग्य छ ।
अहिले आएर औपचारिक श्रममा पनि मधेशी महिलाको सहभागिता बढ्दै गएको छ ।
कतिपय महिलाले आफ्ना बेरोजगार श्रीमानलाई रिक्सा र ठेला किनिदिएका छन्, फलफूल पसल थापिदिएका छन् । विकास–निर्माणका काममा मधेशका महिला सहभागी हुन थालेका छन् । शासन÷प्रशासनमा पनि उनीहरूको उपस्थिति केही बढेको छ । महिला सशक्त भए समाजमा देखिएको बालविवाह जस्तो विकृति न्युनिकरण गर्न सकिने प्रअ मोहन यादवको तर्क छ । महिला सशक्त नभएसम्म सामाजिक रुपान्तरण सम्भव नरहेको उनको दावी छ । मधेशमा महिलाले अवसर नपाउँदा सामाजिक रुपमा पछि परेको उनको भनाई छ । अवसर पाएमा मधेशी महिलाहरु पनि नेतृत्व लिन तयार रहेको प्रअ यादवले थपे । धनुषाको शहीदनगरसहित सबैला नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका ६० भन्दा बढी महिलालाई आत्मनिर्भर बनाउन आर्थिक रुपमा समेत सहयोग गर्ने भएको छ । उनीहरु विभिन्न व्यवसाय संचालन गर्ने तयारीमा छन् ।