मलगंवा । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ सशस्त्र प्रहरीमाथि गोली चलाइएको छ ।
गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवान साहलाई थप उपचारका लागि शनिबार काठमाण्डौको महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्याइएको छ । गोली लागेर घाइते सशस्त्र प्रहरी जवान ३२ वर्षीयसाहलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात शनिबार बिहान काठमाण्डौं पुर्याइएको हो । पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो ।
काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए ।
साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । काभ्रेमा कार्यरत साह बिदामा घर आएका थिए ।
प्रहरीले सो घटनामा संलग्न सुरेशकै मामाका छोरा धनकौल गाउँपालिकाको धोबिनियाँ टोलका रामप्रवेश साहलाई घटना लगत्तै पक्राउ गरेको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् । घटनामा संलग्न फरार रहेका अन्य २ जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको सर्लाहीका एसपी प्रवीण पोखरेलले बताए ।
घाइते सुरेश, मामाका छोरा रामप्रवेश र फरार रहेका २ जनाले खाजासहित मदिरा समेत सेवन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गोली लागेर घाइते सशस्त्र प्रहरी जवान साहले मदिराको नशा छाड्दै गएपछि अघि बिहानदेखि होसको कुरा गर्न थालेको एसपी पोखरेलले बताए ।
उनले प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादमा गोली चलेको बुझिए पनि थप अनुसन्धान जारी रहेको बताए ।