जनकपुरधाम । धनुषामा एक जनाले आप्mनो श्रीमतिको विभत्स हत्या गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा एक पुरुषले सोमबार बिहान आप्mनै श्रीमतिलाई बन्चरो प्रहार गरेर विभत्स हत्या गरेको हो ।
बटेश्वर गाउँपालिका–५ शान्तिपुर बस्ने २८ वर्षीया रिता देवी भन्ने अमृता कुमारी यादवको उनका आप्mनै श्रीमान ३२ वर्षीय विरेन्द्र यादवले हत्या गरेको हो ।
हत्या आरोपमा बन्चरोसहित विरेन्द्रलाई प्रहरीले सोमबार नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक समेत गरेको छ ।
प्रहरी घटनाको अनुसन्धान गर्दै जाँदा श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेको खुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
काढा बनाउने विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
श्रीमान र श्रीमतीबीच घरायसी कुराहरूलाई लिएर पहिला देखिनै विवाद हुँदै आएकोमा घटनाको दिन रितालाई काढा बनाई दिन भन्दा उनले इनकार गरेपछि सोही विषयमा दुबैजनाबीच झै–झगडा भएको थियो ।
झै–झगडा हुँदा घरमा रहेको बन्चरोले रिताको टाउको तथा अनुहारमा प्रहार गरेर हत्या गरेको खुलेको हो ।
सोमबार बिहान ४ बजेतिर सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिहरु घरमा प्रवेश गरेर रितालाई धारिलो हतियार प्रयोग गरी घाईते बनाएको र उनलाई उपचारको लागि काव्य अस्पताल जनकपुरमा लगिएको थियो । उपचारको क्रममा रिताको मृत्यु भएको भन्ने खबर बिहान ६ बजेतिर मात्रैले खबर पाएको थियो ।
तत्काल अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले विभिन्न व्यक्तिहरूसंगको सोधपुछ तथा घट्ना प्रकृतिवारे अनुसन्धान गर्दा शंका लागि मृतकको श्रीमान विरेन्द्र यादवलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा श्रीमान÷श्रीमति विच घरायसी कुराहरूलाई लिएर पहिला देखिनै विवाद हुँदै आएको खुल्नमा आएको थियो ।
सोमबार बिहान रितालाई काढा बनाई दिन भन्दा उनले इनकार गरेकी र सोही विषयमा झै–झगडा हुँदा घरमा रहेको सानो बन्चरोले रिताको टाउको तथा अनुहार भागमा काटि गम्भिर घाईते बनाई अचेत बनाएको अनुसन्धानमा खुलेको छ ।
घाइते भएपछि विरेन्द्रले घर बाहिर निस्की चोरहरू घरमा पसि मेरो श्रीमती रितालाई धारिलो हतियार प्रयोग गरि घाईते बनाएको भन्ने हल्ला गरि स्थानीयको सहयोगमा रितालाई अस्पताल ल्याएको थियो । तर सोही चोटको कारण रिताको मृत्यु भई सकेको” भनि अनुसन्धाबाट खुल्नमा आएको छ ।
उक्त घट्ना आफुले घटाएको व्यहोरा प्रारम्भिक रूपमा मृतकको श्रीमान् विरेन्द्रले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हत्या गर्न प्रयोग भएको बन्चरो मृतकको घर पछाडी रहेको पोखरीबाट बरामद भएको प्रहरीले जनाएको छ । विरेन्द्रलाई पक्राउ गरि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।