जनकपुरधाम । गोपाल सेवा समितिको ३१औ वार्षिकोत्सव आइतबार जनकपुरमा मनाइएको छ । गोपाल सेवा समितिको केन्द्रीय कार्यालय समेत रहेको जनकपुरधामस्थित कार्यालयमा एक समारोहका बीच वार्षिकोत्सव मनाइएको हो ।
समितिका केन्द्रीय अध्यक्ष कौशल कुमार यादवको अध्यक्षतामा भएको समारोहमा संख्यात्मक रुपमा यादव बढी भएपनि एकजुट नहुँदा चौतर्फी आक्रमणको शिकार हुनुपरेको वक्ताहरुले बताए । अन्य जातीहरु एकजुट रहेपनि यादव जाति एकजुट नहुँदा बहुसंख्यक भएर पनि पछाडि परेको जिकिर गरे ।
पूर्व वरिष्ठ उपाध्यक्ष एवम समिति सल्लाहकार जङ बहादुर रायले बहुसंख्यक भएर चारैतिरबाट यादव जाति अपहेलित भएको दावी गरे । यादव जातिमा एकले अर्काको अस्तित्व स्वीकार गर्न नचाहेकोले समस्या देखिएको उनले बताए । आपूm भए मात्र ठीक, अन्य कोही भए स्वीकार नहुने समस्याबाट यादव जाति ग्रसित रहेको उनले तर्क गरे ।
मधेश प्रदेशमा जनसंख्याको हिसावले सबैभन्दा बढी यादव जाति छ, उनले भने–तर, नेतृत्व तहमा जाने अधिकांश गैर यादव छन् । यादव जातिको आन्तरिक द्वन्दको फाइदा अन्य जातिले उठाएको तर्क उनको थियो । आन्तरिक द्वन्द भन्दा स्वस्थ प्रतिस्पर्धा गरेर अघि बढ्नुपर्ने आजको आवश्यक्ता रहेको उनले बताए ।
एकअर्काको अस्तित्व स्वीकार गरेर अघि बढेमा यादव जातिलाई कुनै समुदायले हेला नगर्ने दावी उनको थियो । सो अवसरमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष बजरंग यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।