Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

चन्दा चौधरी र अमृता अग्रहरी भाग्यमानी


चन्दा चौधरी र अमृता अग्रहरी भाग्यमानी

जनकपुरधाम । नेपाली कांग्रेसकी चन्दा चौधरी र नेकपा एमालेकी अमृत अग्रहरी भाग्यमानी नेतृ भएकी छन् । दुवै नेतृ गएको असोजमा मात्रै पार्टी छाडेर अन्य पार्टी रोजेकी थिइन् । नेतृद्वय चौधरी र अग्रहरीलाई नयाँ पार्टीले पुनः प्रतिनिधिसभामा पुर्याएको छ । जनता समाजवादी पार्टी पार्टी(जसपा) हुँदै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) बाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत भएकी नेतृ चौधरी गएको असोज १२ गते पार्टी छाडेर एकाएक नेपाली कांग्रेस प्रवेश गरेकी थिइन् । लोसपा छाड्ने सुइको समेत नदिई उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका लगाएर कांग्रेस प्रवेश गरेकी थिइन् । देउवाले नै उनलाई कांग्रेसको सदस्यता प्रदान गरेका थिए ।

उनी २०७४ सालको चुनावमा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिक सांसद बनेकी थिइन् । नेत्री चौधरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन् । तर, १८ दिनमै उनको पद गएको थियो ।

नेतृ चौधरी कांग्रेस ब्याकग्राउण्डकी थिइन् । उनका दाइ नरेश चौधरी कांग्रेस नेता थिए । २०५४ सालमा बेपत्ता उनको अवस्था अहिलेसम्म अज्ञात छ ।

उनी महोत्तरीबाट राजनीतिमा सक्रिय छिन् ।

आगामी प्रतिनिधि सभाको निर्वाचनमा टिकट पाउने आश्वासन पाएपछि कांग्रेस प्रवेश गरेको जनाइएको छ । प्रधानमन्त्री देउवाले दिएको आश्वासन अनुसार नेतृ चौधरी समानुपातिकतर्पmबाट दोश्रो कार्यकालको लागि सांसद हुने भएकी छन् । पार्टी छाडेर आएकी तीन महिना नबित्दै उनी दोश्रो कार्यकालको लागि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य चुनिने पक्का भएको छ । पार्टीले मधेशी महिला कोटाबाट उनको नाम शनिबार निर्वाचन आयोगमा पठाइसकेको छ ।

यस्तै अमृता अग्रहरी पनि भाग्यमानी नेतृमा परेकी छन् । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य अमृत अग्रहरिले गएको असोज २ गते नेकपा एमाले प्रवेश गरेकी थिइन् । आमचुनावको लागि उम्मेदवारहरुको नाम छनौट भइरहदा उनी जसपा छाडेर एमाले प्रवेश गरेकी थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएकी थिइन् । उनलाई पनि सांसद बनाउने आश्वासन दिएको थियो । ओलीले अग्रहरीलाई सांसद बनाउन लागेको हो ।

निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी अग्रहरी कपिलवस्तु जिल्लाकी राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् । उनी जनता समाजवादी पार्टी विभाजनपछि तटस्थ बसेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध