जनकपुरधाम । धनुषा जिल्लामा मुसहर जातिका दलित समुदायको मुख्य बसोबास भएको ठाउँमध्ये लक्ष्मीनियाँ गाउँपालिका पनि एक हो । यी जाति समुदायका बस्तीबाट वर्षेनी बालबालिका ल्याएर विद्यालय भर्ना गरिए पनि केही वर्षभित्रै उनीहरुको विद्यालय आउने क्रम टुट्ने गरेको लक्ष्मीनियाँ–७ स्थित लक्ष्मीनियाँ माध्यमिक विद्यालयका शिक्षक रघुवीर सिंह बताउँछन् । ‘म करिब ३५ वर्षदेखि यसै विद्यालयमा कार्यरत छु’, उनले भने, ‘मुसहर,समुदायबाट एसइई उत्तीर्ण विद्यार्थी सङ्ख्या नगन्य रहेको छ ।’ ‘मुसहर टोलबाट विद्यार्थी ल्याउनै गाह्रो, ल्याए टिकाउनै गाह्रो’ सिंहले भने, ‘मुसहर टोलमा धेरैपटक घरदैलो गरेर बल्लबल्ल नानीहरु ल्याइन्छ तर उनीहरु यहाँ टिक्दैनन्, त्यसमा पनि छोरीलाई त विद्यालय ल्याउन झनै गाह्रो छ ।’
लक्ष्मीनियाँ–७ की ललिता सादाले ७ कक्षासम्म पुगेर पनि विद्यालय आउन छाडिन् । ललिता मात्रै नभएर सोही बस्तीकी १४ वर्षीया अनिता सादा ८ कक्षा पढ्दापढ्दै विद्यालय आउन छाडिन् । त्यसैगरी ७ कक्षामा पढ्दै गरेकी बिना सादा, ६ कक्षामा पढ्दै गरेका रुबी, रितम र पविता सबै विद्यालय आउन छाडेका छन् ।
झण्डै सय घर रहेका कुम्हरौडा गाउँको मुसहरी टोलबाट अहिलेसम्म एउटै पनि छात्राले १० कक्षा पुगेका छैनन् ।
उनीहरुलाई विद्यालय भर्ना गराएर नियमित पार्न चुनौतीपूर्ण रहेको सरोकारबालाहरु पनि बताउँछन् । तर विगतको तुलनामा अहिले धेरै सुधार आएको स्थानीय अमित सादा बताउँछन् । अमितका छोरा अभिशेष सादा कक्षा ८ मा मावि लक्ष्मीनियाँमा अध्ययनरत्त छन् । उनी नियमित विद्यालय जाने गरेका छन् भने उनीसँगै टोलका अभैm बालबालिकाहरु नियमित विद्यालय जान थालेको हर्षित हुँदै अमित बताउँछन् । अमित आपैm पनि साक्षर छन् । उनी वैदेशिक रोजगारमा साउदी अरबेरियामा काम गर्दै आएका छन् । झण्डै तीन वर्षपछि घर फर्केका उनी मुसहर टोलका बालबालिकामा धेरै सुधार देखेका छन् । मुसहर समुदायको बालबालिकालाई विद्यालयमा नियमित गर्न आसमान नेपालले पनि भूमिका निर्वाह गरेको अमितको भनाई छ । आसमान नेपालका कर्मचारी आएर मुसहर टोलका अभिभावकलाई गरेको सम्झाई बुझाई फलदायी साबित भएको उनको कथन छ ।
लक्ष्मीनियाँ गाउँपालिकामा नर्वेजियन दूतावासको सहयोगमा आसमान नेपालले निक शिक्षा दिअ परियोजना संचालन गरेको छ । सो परियोजना अन्तर्गत पालिकाका सबै बालबालिकालाई विद्यालय भर्ना गरेर वडा र पालिकालाई बालश्रम मुक्त घोषणा गर्ने अभियान अघि बढाइएको छ ।
मुसहर समुदायको बालबालिकालाई विद्यालय भर्ना गराउन तुलनात्मक रुपमा कठिन रहेको आसमान नेपालका पालिका संयोजक मुकेश रजक बताउँछन् । वडा नं. ७ मा रहेका मुसहर समुदायका किशोरीहरु विद्यालय जान नचाहेको उनी बताउँछन् । अभिभावकलाई सम्झाई बुझाई गरेर विद्यालय भर्ना गराइएको छ, उनले भने–केही अभैm भर्ना हुन बाँकी छन् । उनीहरुलाई पनि विद्यालय भर्ना गराएर शतप्रतिश बालश्रम मुक्त वडा घोषणा गराउनमा आपूmहरु लागिपरेको रजकले बताए ।
लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं. ४ बालश्रम मुक्त वडा घोषणा भइसकेको छ भने वडा नं. १ र ५ पनि बालबालिका शतप्रतिशत विद्यालय भर्ना भइसकेको छ । वडा नं. १ र ५ पनि केही दिन भित्रै बालश्रम मुक्त वडा घोषणा हुने पालिका संयोजक रजकले बताए ।