जनकपुरधाम । मधेश प्रदेशमा समानुपातिकबाट निर्वाचित हुने प्रदेशसभा सदस्यमध्ये नयाँ अनुहार हुने भएको छ । गत मंसिर ४ मा सम्पन्न आमचुनावको लागि बन्दसूचीमा परेका समानुपातिक नामावलीबाट प्राथमिकतामा रहेका उम्मेदवारहरु प्रदेशसभा सदस्य निर्वाचित हुने भएका छन् । दलहरुले यसपटक प्राथमिकतमा राखेका उम्मेदवारको नाममा २०७४ मा समानुपातिकतर्पm निर्वाचित प्रदेशसभा सदस्यको नाम प्राथमिकतामा राखेको थिएन् । मधेश प्रदेशमा समानुपातिकतर्पm ४३ जना प्रदेशसभा सदस्य निर्वाचित हुने छन् । दलहरुले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्राथमिकताको आधारमा प्रदेशसभामा दोहोरिनेस्थिति देखिएको छैन् । २०७४ को चुनावमा प्रत्यक्षतर्पm निर्वाचित जनता समाजवादी पार्टी(जसपा) का प्रवक्ता समेत रहेका मनिष सुमन समानुपातिकतर्पm निर्वाचित हुने पक्का भएको छ । अन्य दलबाट निर्वाचित हुने ४२ जना प्रदेशसभा सदस्यको यो पहिलो अनुभव हुने भएको छ । समानुपातिक तर्पm धनुषाबाट सबैभन्दा बढी ९ जना परेका छन् । सबैभन्दा कम पर्सा जिल्लाबाट मात्र एक जना समानुपातिकतर्पm निर्वाचित हुने सम्भावना छ । नेकपा एमालेले पर्सा जिल्लाबाट विणादेवी शर्माको नाम प्राथमिकतामा राखेको थियो । जनता समाजवादी पार्टी(जसपा) र जनमत पार्टीको प्राथमिकतामा धनुषा परेको छैन् । जनमतले पाउने ६ जनामध्ये चार जना सप्तरी र दुई जना महोत्तरीका उम्मेदवारले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने भएका छन् । जसपाले सप्तरी र सिरहाबाट दुई÷दुई, रौतहट र सिरहाबाट एक÷एक जनालाई समानुपातिकबाट प्रदेशसभा सदस्य बनाउन लागेको हो ।
डा.रामनरेशकी पत्नि अंजना पनि
महिला तथा प्रसुती रोग विशेषज्ञ डा. रामनरेश पण्डितकी पत्नि अंजना पण्डित मधेश प्रदेशसभा सदस्य हुने भएकी छन् । उनी नेपाली कांग्रेसबाट मधेशी महिला कोटामा प्रदेशसभा प्रवेश गर्न लागेकी हुन् । राजनीतिमा शुन्य लगानी रहेपनि पहुँचको आधारमा डा. पण्डितले पत्निलाई प्रदेशसभामा प्रवेश गराउन सफल भएका हुन् । मधेशप्रदेशको समानुपातिक बन्दसूचिमा डा.पण्डित पत्नि अंजना चौथो क्रममा थिइन् । मधेशी महिला कोटामा चार जना महिला प्रदेशसभा सदस्य हुने भएपछि उनी पनि निर्वाचित हुन लागेकी हुन् ।