जनकपुरधाम । २१औं शताब्दीमा दौडधूपका कारण अभिभावकले आप्mनो बालबालिकाको पठनपाठनको समेत निगरानी गर्न सकेको छैन् । बिहानदेखि अबेरसाँझसम्म काममा व्यस्त रह्ने अभिभावकले बालबालिकालाई दिनको लागि समय नै हुँदैन् । जसका कारण बालबालिकाको आधारभूत शिक्षा कमजोर हुनका साथै अन्य क्रियाकलापमा लाग्ने गरेको छ । अभिभावकले घरमै पढाएको बालबालिकाको सिकाई उपलब्धी तुलनात्मक रुपमा बढी देखिएको छ ।
धनुषाको विभिन्न चार पालिकामा आसमान नेपालले निक शिक्षा दिअ परियोजना अन्तर्गत अभिभावक बनु शिक्षक भने कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रममार्पmत अभिभावकले आप्mनो बालबालिकालाई घरमै पढाउने गरिएको छ । असल संस्कारदेखि असल विचारहरु प्रवाह गरेर बालबालिकालाई सहीमार्ग प्रदान गरेका छन् । अभिभावक बनू शिक्षक कार्यक्रमले बालबालिकामा सकारात्मक प्रभाव पारेको धनुषाका प्रधानाध्यापकहरु बताउँछन् ।
नर्वेजियन दूतावासको सहयोगमा आसमान नेपालले जिल्लाको सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, नगराइन नरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा निक शिक्षा दिअ परियोजना संचालन गरेको हो । सो परियोजना अन्तर्गत शैक्षिक सुधारको लागि विभिन्न कार्यक्रमहरु अघि बढाइएको हो । अभिभावक बनू शिक्षक पनि सोही परियोजना अन्तर्गतको एउटा कार्यक्रम रहेको आसमान नेपालका कार्यक्रम व्यवस्थापक सत्य कुमार महतोले बताए ।
यो कार्यक्रम अन्तर्गत घरमा सबै बालबालिकालाई तोकिएको सिकाइ कुनामा बसाएर दैनिक कार्यतालिका बमोजिम सिकाइमा संलग्न गराउनुपर्ने कार्यक्रम व्यवस्थापक महतोले बताए ।
सहजीकरण सामग्रीमा आफूले सिकाउन सक्ने विषयवस्तु आफैँले सहजीकरण गर्ने वा माथिल्लो कक्षाका बालबालिकाले तल्लो कक्षाका बालबालिकालाई सिकाउने व्यवस्था गर्न गरिएको छ ।
बालबालिकालाई सिकाउनका लागि गृह शिक्षकले नसक्ने वा माथिल्लो कक्षाका दाजु दिदी नभएमा स्वःअध्ययनमा अभिप्रेरित गरेर सिकाइ सहजीकरण गर्ने र शिक्षकलाई सम्पर्क गरी बालबालिकाको सिकाइमा सहयोगका लागि अनुरोध गर्ने गरिएको आसमान नेपालका नगराइन नगरपालिकाका पालिका संयोजक श्यामसुन्दर महतोले बताए ।
बालबालिकाले पढ्ने विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको सम्पर्क नम्बर एउटा छुट्टै कापीमा वा पढाइ कुनामा बालबालिकालाई र गृह शिक्षकलाई सजिलै उपलब्ध हुने गरी राख्ने गरिएको पालिका संयोजक महतोले बताए ।
यदि गृह शिक्षक वा घरका अभिभावकलाई सम्पर्क नम्बर छ भने शिक्षकलाई पनि उपलब्ध गराई आवश्यकता अनुसार बालबालिकाको सिकाइ सहजीकरणका लागि सम्पर्क गर्ने गरेका छन् ।
तोकिएको शिक्षकले बालबालिकाहरूले गरेका क्रियाकलापका बारेमा घरमै भेटी वा वैकल्पिक माध्यमबाट जानकारी लिने र त्यसको अभिलेखीकरण गर्ने सामग्रीमा उल्लेख गरिएको छ । सिकाइमा कमजोर देखिएका बालबालिकालाई सम्बन्धित शिक्षकले थप सहयोग गर्नको लागि पहल गरिएको पालिका संयोजक महतोले बताए ।
युरोप अमेरिकामा भने यसअघि नै होमस्कुल प्रचलित छ । शिक्षा क्षेत्रमा काम गरेका अमेरिकाका नागरिक जोन हल्टले सन् १९७० मा होम स्कुलको अवधारणा ल्याएका हुन् । यो अवधारण बनाउन जोन हल्टलाई अरुले पनि साथ दिएका थिए ।
घरमा शिक्षित बुबाआमा हुन्छन् । उनीहरूले आफ्नो बच्चालाई घरमै पढाउन सक्छन् । यही अवधारणाका साथ होम स्कुलिङको सुरुवात भएको हो ।
अमेरिकाको एक जातिका मानिसहरू टेलिभिजन नहेर्ने, मोबाइल नबोक्ने, जुत्ता नलगाउने, गाडी घरमा नलैजाने गर्छन् । उनीहरूले आफ्ना बालबालिकालाई विद्यालयमा पढाउन पनि पठाउँदैनन् । आफ्ना बालबालिकालाई घरमै पढाउँछन् । आफ्नो धर्म, कला, संस्कृति घरमै सिकाउँछन् ।