Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

जसपा–एमाले गठबन्धन ब्रेकअप


जसपा–एमाले गठबन्धन ब्रेकअप

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । ४ मंसिरको चुनावका एमालेसँग जसपाले केही सिटमा तालमेल गरेको थियो ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् । उनले भने ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ ।’ नेकपा एमालेले मधेश प्रदेशमा सरकार बनाउने तयारीमा जुटेको बेला जसपा अध्यक्ष यादवको यस्तो घोषणाले सत्ता गठबन्धनलाई प्रदेशमा सरकार बनाउने मार्ग प्रशस्त भएको हो ।

यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवले बताए ।

४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।

एमालेसँगको तालमेल चुनावसम्म मात्रै रहेको बताउँदै उनले चुनाव सकिएसँगै एमालेसँगको समीकरण तत्कालका लागि सकिएको घोषणा गरेका हुन् ।

अध्यक्ष यादवले निर्वाचनमा एमालेले केही ठाउँमा जसपालाई र जसपाले केही ठाउँमा मात्र एमालेलाई सघाएको स्मरण गरे ।

‘एमालेले केही ठाउँमा हामीलाई सघाएको थियो केही ठाउँमा हामीले सघाएका थियौँ भने त्यो गठबन्धन थिएन् । चुनावी समीकरण मात्रै थियो । चुनाव सकिएसँगै सबै सकियो’, उनले भने ।

यादवले सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय नभएको बताएका छन् । अहिलेको प्रतिपक्षमा बस्ने जनमत आएकाले अहिले नै के गर्ने भन्ने निर्णयमा नपुगिएको उनले बताए ।

संघीय सरकारमा मात्रै नभई सात वटै प्रदेश सरकारमा पनि के गर्ने भनेर निर्णय गरेर मात्रै अगाडि बढ्ने उनको भनाइ छ । अब बन्ने सरकारको नीति हेरेर सत्तामा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्ने उनको भनाइ थियो ।

परिवर्तन गर्न चाहनेहरूलाई यो चुनावले पराजित गरेको समेत अध्यक्ष यादवले गुनासो गरे । चुनावी परिणामले लोकतान्त्रिक र क्रान्तिकारीहरूबीच सहकार्य र एकता गर्नुपर्ने अवस्था सिर्जना गरेकोसमेत उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध