काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।
त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भने ।
यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए । यस पटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने मधेश प्रदेशमा प्रदेशसभातर्पm ६ सिट जितेको छ । समानुपातिकमा पनि जनमतले कम्तीमा ७ सिट पाउने पक्का छ । जनमत पाँच दलीय सत्ता गठबन्धनमा सामेल भएपछि नेपाली कांग्रेसले मधेश प्रदेशसमा सरकार बनाउने पक्का छ ।
समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ । मधेश प्रदेशमा सत्ता गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी ४६ सिट जितेको छ । प्रदेशमा सरकार बनाउन ५४ सिटको आवश्यक्ता छ । जनमतले सहयोग गरेमा यो सिट ५९ पुग्छ । जनमत अध्यक्ष डा. राउतले प्रधानमन्त्री देउवासित भेटेर गठबन्धनमा आवद्ध हुने सहमति जनाएका छन् । यसले मधेश प्रदेश सरकार गठनको तस्वीर पनि केहीहदसम्म स्पष्ट पारेको छ ।