जनकपुरधाम । धनुषा प्रहरीले भन्सार चोरी गरेर लैजादै गरेको करिब १० लाख मुल्य बराबरको मदिरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार धनुषाको जनकनन्दनी गाउँपालिका–१ दशगजास्थित नेपालबाट भारततर्पm लैजादै गरेको मदिरा बरामद गरेको हो । बरामद गरिएको मदिराको मुल्य ६ लाख १२ हजार २६५ रुपैयाँ बताइएको छ । बरामद गरिएको मदिरा आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।
यस्तै मंगलबार नै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनुषाको बिदेह न.पा. वडा नं. ६ स्थित सार्वजनिक स्थानमा दुई वटा मोटरसाइकलमा बिभिन्न किसिमका लताकपडाहरु बरामद गरेको थियो ।
मोटरसाइकल र लत्ताकपडाको मुल्यांकन ३ लाख ५५ हजार गरिएको छ । एकै दिन प्रहरीले बरामद गरेको ९ लाख ६७ हजार २६५ रुपैयाँ बराबरको अबैध मालसामान भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।