जनकपुरधाम । साढे तीन दशकपछि धनुषा जिल्लामा पतिपत्नी प्रत्यक्षतर्पm निर्वाचित भएको छ । धनुषा–४ बाट नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठ निर्वाचित भएसँगै पतिपत्नी एकै चुनावमा निर्वाचित हुने इतिहास दोहोरिएको हो । धनुषा–४ को अन्तिम मत परिणाम मंगलबार बिहान सार्वजनिक हुँदा नेता महासेठ १२४ मतको झिनो अन्तरले विजयी भएका हुन् । यसअघि धनुषा–३ बाट महासेठकी पत्नी जुली कुमारी महतो फराकिलो मतअन्तरले विजयी भएका थिए । २०७९ मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा महासेठ दम्पत्ति धनुषा–३ र ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्पm उम्मेदवारी दिएका थिए । जुलीलाई जसपाको साथ थियो भने महासेठ एक्लै चुनावी मैदानमा थिए । महासेठले ३२२३६ मत ल्याएर लगातार दोश्रो पटक निर्वाचित हुँदा जुलीले ३३३८८ मत ल्याएर फराकिलो अन्तरको जित निकालेको थियो । महासेठले यसअघि २०७४ को चुनावमा पनि धनुषा–४ बाट दुई हजार बढी मत अन्तरले विजयी भएका थिए भने जुली समानुपातिकबाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन् ।
यसअघि ‘शेरे धनुषा’ ले चिनिने हेम बहादुर मल्ल २०४३ को निर्वाचनमा पतिपत्नी विजयी भएका थिए । मल्लका पत्नी शारदा मल्ल पनि भारी मतअन्तरले विजयी भएका थिए ।
पञ्चायत कालमा धनुषामा हेमबहादुर मल्ल र उनको पत्नी शारदा मल्ल दुबैजना धनुषाबाट राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव जितेका थिए । अहिलेसम्म कसैले तोड्न नसकेको ‘रेकर्ड–मत’ सहित हेमबहादुर राष्ट्रिय पञ्चायत ंसदस्यमा विजयी हुँदा पत्नी शारदा ५३ हजार ९ सय ९६ मतसहित पति हेमबहादुरलाई पछ्याउँदै रापंस निर्वाचित भइन् ।
३६ वर्षपछि धनुषामा महासेठ दम्पत्तिले हेमबहादुर मल्लको इतिहासलाई दोहोर्याउन सफल भएका हुन् । दुवै जनाले जित निकालेपछि धनुषाबासीले थरी थरीका उपनामहरु दिन थालेका छन् ।