Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

मधेशमा चार हजार मेगावाट विद्युत खपत हुने प्रसारण संचालन बनाउने


मधेशमा चार हजार मेगावाट विद्युत खपत हुने प्रसारण संचालन बनाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै खपत बढाउन मधेश प्रदेशका जिल्लाहरूमा करिब चार हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ ।

प्राधिकरणले सन् २०५० भित्रमा मधेस प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानव बस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो ।

भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरू निर्माण गरिने छन् । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ । स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरूको निर्माण गरिने छ । अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरू रहने स्थान तय गर्ने कामहरू भइरहेको छ ।

बारा पर्सा औद्योगिक करिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२०० र जनकपुर क्षेत्रमा ८०० मेगावाट विद्युत खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन् । यसबाट सहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लाहरूमा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हुने छ ।

प्रसारण लाइन तथा सबस्टेसनहरू निर्माणका लागि ५० अर्ब रूपैयाँभन्दा बढी लाग्ने छ । यो रकम नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलियतपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार प्रस्तावित लाइन निर्माण स्थलको स्थलगत अनुगमन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले आन्तरिक रूपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रूपमा निर्माण गर्न लागिएको बताए । ‘पहिलो फेजमा खपत बृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसनहरू, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिने छन’, घिसिङले भने, ‘केही प्रसारण लाइन तथा सबस्टेसनहरू निर्माण भइरहेका छन्, केही तत्काल सुरु हुँदैछन् भने अन्य दीर्घकालीन रूपमा निर्माण गर्ने गरी सबस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरु गर्नेलगायतका काम भइरहेका छन् ।’ उनले भारततको मोतिहारी, सीतामढि, जयनगर विन्दुतर्फ विद्युत निर्यात गर्न सकिने बताए ।

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभीको सबस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रूपमा जनकपुरतिर विस्तार गरिने छ । बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ ।

जनकपुर क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्मको १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ । लोहरपट्टीमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । यसैगरी, ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध