जनकपुरधाम । सप्तरी–३ (ख) को मत परीणाम आइसकेको झण्डै एक सातापछि समानुपातिकतर्पmको मतपेटिकमा १७४ सदर मतपत्र भेटिएको छ । भेटिएको १७४ मतपत्रमा जनता समाजवादी पार्टी(जसपा) को चुनाव चिन्ह ढल्केको छाता छापमा स्वस्तिक चिन्ह लागेको हो । सप्तरी–३ (ख) बाट जसपाका उम्मेदवार विन्देश्वर यादव(विक्की) ४८ मतले पराजित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयले ती क्षेत्रबाट निर्वाचित भएको घोषणा गर्दै जनमत पार्टीका उम्मेदवार शम्भु कुमार साहलाई निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरिसकेको छ । जनमत पार्टीका उम्मेदवार साहले १०८६२ मत ल्याउँदा जसपाका उम्मेदवार विक्कीले १०८१४ मत प्राप्त गरेका थिए । मतगणनाको क्रममा समानुपातिकतर्पmको मत नगनेर जनमतका उम्मेदवारलाई निर्वाचित घोषणा गरेर निर्वाचन अधिकृतको कार्यालयले गंभिर त्रुटी गरेको हो ।
पराजित घोषणा भइसकेका जसपाका उम्मेदवार विक्कीले सोमबार आप्mनो सामाजिक संजाल फेसबुक पेजमा चकित गर्ने समाचार भनेर अन्तिम मत परिणाम घोषणा गरिसकेको एक सातापछि समानुपातिकतर्पmको मतपेटिका खोल्दा १७४ मत ढल्केको छाता छापको फेला परेको तथ्य सार्वजनिक गरेका छन् । गएको मंसिर ४ गते आमचुनाव सम्पन्न भएपछि सप्तरीसहित देशभर मतगणना कार्य गरिएको थियो । यसपालीको चुनावमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्पmको प्रत्यक्ष र समानुपातिक गरी चार वटा मतपत्रमा स्वस्तिक अंकित छाप लगाएर चार वटा मतपेटिकामा खसाल्नुपर्ने थियो । कयौ मतदान केन्द्रमा समानुपातिकको मतपत्र मतदाताले प्रत्यक्षतर्पm र प्रत्यक्षको मतपत्र समानुपातिकको मतपेटिकामा खसालेका थिए । यस्तो समस्या देखिएपछि निर्वाचन आयोगले तत्काल एक्सन लिदै मतपेटिका फरक परेपनि सदर मत भएको खण्डमा गिन्ती गर्न सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । कयौ मतगणना केन्द्रमा आयोगको निर्देशन पालना पनि भयो । तर, सप्तरी–३(ख) मा उक्त निर्देशनको अटेर गर्दै निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्षतर्पmका मतको आधारमा अन्तिम परिणाम घोषणा गरेर निर्वाचित भएको उम्मेदवारलाई प्रमाणपत्र समेत वितरण गरिसकेका छन् ।