Blast Samachar
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result

शीतभण्डार निर्माण अलपत्र


राजविराज । सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भारुवामा फलफूल र तरकारीका लागि निर्माण थालिएको शीतभण्डार अहिले अलपत्र अवस्थामा रहेको छ ।

जिल्ला सहकारी सङ्घ लिमिटेडमार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त शीतभण्डारको विगत अढाई वर्षदेखि निर्माण कार्य पूर्णरुपले ठप्प रहेको पाइएको छ । नगरपालिकाले वडा नं १५ देउरी भरुवामा शीतभण्डार निर्माणका लागि एक बिघा जग्गा दिए पनि ठेकेदारको लापरवाहीले गर्दा समयमा निर्माण हुन सकिएको छैन ।

सो शीत भण्डारको क्षमता तीन हजार मेट्रिकटन रहेको छ । जिल्ला सहकारी सङ्घले सहकारी संस्थाको व्यवस्थापन विस्तार एवं यहाँ उत्पादित कृषिउपजको भण्डार र व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले कार्य अगाडि बढाइएको थियो । विसं २०७५ फागुनमा शिलान्यास गरी निर्माण थालिएको शीतभण्डारको काम ३० प्रतिशत मात्र भएको छ ।

शीतभण्डार निर्माणको कामको शर्मा आशिष ओम साइराम, सानोठिमीले ठेक्का लिएको छ । सङ्घका प्रबन्धक रमेशप्रसाद गुप्ताले शीतभण्डारबाट हजारौँ किसानले लाभ लिनसक्ने जनाउँदै शीघ्र निर्माण सम्पन्न गर्न पहल गर्नुपर्ने बताए ।

सङ्घीय सरकारले बजेट निकासा नगरेका कारण काम रोकिएको उहाँले जानकारी दिए । उनले भने, सङ्घीय र प्रदेश सरकारले समयमा अनुदान रकम दिएका छैनन्, सङ्घीय सरकारको ६०, सङ्घ संस्थाको २० तथा स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत रकम रहने गरी शीतभण्डारको निर्माण थालिएको थियो ।

सङ्घीय सरकारले समयमा शीतभण्डारका लागि बजेट नदिएका कारण निर्माण व्यवसायले समेत भुक्तानी नपाएको भन्दै काम रोकिएको जनाएको छ । तराईको नवलपरासी र सप्तरीको देउरी भरुवामा एकै समयमा निर्माण थालिएको शीतभण्डार नवलपरासीमा निर्माण सम्पन्न भइसकेको बताइएको छ । यहाँ सरकारले समयमा बजेट नदिएका कारण निर्माणमा अवरोध भएको सहकारी सङ्घका निर्देशक गुप्ताको भनाइ छ ।

अहिले शीतभण्डारका लागि जग्गामा माटो भराई, वण्डीबाल र फलामको पिलर ठड्याउने कामबाहेक अरु काम अगाडि बढ्न नसकिएको स्थानीयवासीले बताएका छन् ।

स्थानीय रामकुमार यादवले किसानको आशाका रुपमा रहेको शीतभण्डार समयमा निर्माण हुन नसकिएका कारण आफूहरु निराश भएको बताउनुभयो । किसानको हितमा निर्माण भइरहेको यो शीतभण्डार राजनीतिक कारण पछाडि परेको भन्दै यहाँ र आसपासमा उब्जाएका तरकारी कतै राख्ने ठाउँ नभएको उनले गुनासो गरे ।

जिल्लामा एकमात्र निर्माण थालिएको शीतभण्डार बजेट अभाव भएको भन्दै निर्माण नै ठप्प पारेपछि किसानको आशा निरासामा परिणत भएको अर्का सोही ठाउँका किसान हरिकुमार मण्डलले बताए ।

विसं २०७५ मङ्सिर १५ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र तत्कालीन मधेस प्रदेशका कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले यहाँका शीतभण्डारको शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

सन्तानलाई आफ्नै कमाईले पढाउने मौसमीको अठोट

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

युवा महिलाहरुलाई आत्मनिर्भर हुन व्यवसायिक तथा सिप विकास तालिम

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

पढ्नलाई उमेरले छेकेन्ः छोरासँगै जनप्रतिनिधि पनि कक्षाकोठामा

ताजा समाचार

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt ol

Mostbet’e Nasıl Kayıt Olunur

Pin-Up Casino Официальный сайт в Росси

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी सम्पन्न

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

योगियाडा आधारभूत विद्यालयमा पठनपाठनको वातावरण बन्दै

रिशु मिडिया प्रा. लि.

जनकपुरधाम-१, धनुषा (प्रदेश-२)
सम्पर्क नं. : +9779844020051
इमेल : blastsamachar@gmail.com
वेबसाइट : www.blastsamachar.com
सुचना विभाग दर्ता नं. :

हाम्रो टीम

सम्पादक: सुधिर कुमार मण्डल
सम्पर्क नं. : 9819602732

Quick Links

About Us
Privacy Policy
Terms of Service
Contact Us
Advertise
RSS Feed

फेसबुकमा हामी

  • Home
  • Privacy Policy
  • पिछडा वर्गको प्रतिवेदन बुझाइयो
  • मन्त्रीको पीएद्वारा पार्टी परित्याग
  • सिरहाका अंशु सदाको विराटनगरमा हत्या

© 2021 Blast Samachar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध