जनकपुरधाम । सीताराम जानकी विवाहमहोत्सव अन्तर्गत शनिबार तिलकोत्सव कार्यक्रम गरिएको छ ।
जानकी मन्दिरबाट सयौको संख्यामा भरिया(कोसेली) शनिबार राम मन्दिर पठाइएको छ ।
भगवान श्रीरामलाई विवाहपूर्व तिलक लगाउने मिथिला परम्परा अनुसार शनिबार यो विधि गरिएको हो ।
राममन्दिरमा शनिबार आयोजित एक भव्य कार्यक्रमबीच तिल्कोत्सव समारोह सम्पन्न भएको हो ।
जानकी मन्दिरबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको नेतृत्वमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको तिलकोत्सवका लागि कोसेलीसहित साधुसन्तहरु राममन्दिर पुगेका थिए ।
राम मन्दिरमा तिलकोत्सवको तयारी महावीर तथा राम युवा कमिटीले आयोजना गरेको छ । राम मन्दिरमा माता जानकीको पिताको रुपमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जनकको भूमिका र राम मन्दिरको नेतृत्व राम मन्दिरका महन्थले दशरथको भूमिकामा महन्थ राम गिरीले निर्वाह गर्ने गरेका छन् । तिल्कोत्सव समारोहमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जुली कुमारी महतो, प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।
तिलकोत्सवमा दुवै मन्दिरका महन्थले सम्धी मिलन गर्ने गर्दछन् । तिलकोत्सव हेर्नका लागि भारी सङ्ख्यामा तीर्थयात्रीहरू राम मन्दिर क्षेत्रमा उपस्थित रहने गर्दछन् । सीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आइतबार मटकोर र भोली सोमबार स्वयंम्बर तथा शुभ विवाह कार्यक्रम गरिने भएको छ । १३ गते राम कलेवासँगै साताव्यापी सीताराम विवाहमहोतसव सम्पन्न हुनेछ ।