जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अध्यक्ष महन्थ ठाकुर लगातार दोश्रो पटक महोत्तरी–३ बाट निर्वाचित भएका छन् । अध्यक्ष ठाकुरले आप्mनो निकटतम प्रतिद्वन्दीलाई २०५० मत अन्तरले पराजित गरेका हुन् । अध्यक्ष ठाकुरले १६३७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी(जसपा) का हरिनारायण यादवले १४३२५ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२७३३ मत ल्याएका छन् । अध्यक्ष ठाकुरले अन्तिम पटक भनेर मतदातासित मत माग्दै निर्वाचित भएका हुन् । यसअघि उनी २०७४ को चुनावमा पनि महोत्तरी–३ बाट निर्वाचित भएका थिए । २०७४ को चुनावमा पनि नेपाली कांग्रेसले साथ दिएको थियो भने यो चुनावमा उनी वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा थिए । २०७० को चुनावमा सर्लाहीमा पराजित भएपछि उनी २०७४ मा महोत्तरी–३ रोजेका थिए ।