जनकपुरधाम । केही दिनमै यस क्षेत्रमा ग्राहकको पहिलो रोजाई बनेको सिएट(CEAT) टायरको रिटेलर(खुद्रा विक्रेता) भेटघाट कार्यक्रम शुक्रबार जनकपुरमा सम्पन्न भएको छ ।
नमस्ते जनकपुर इन्कर्पोरेट प्रा.लि.का प्रबन्ध निर्देशक बजरंग यादवको अध्यक्षतामा भएको रिटेलर भेटघाट कार्यक्रममा खुद्रा विक्रेताहरुले सिएट टायरको बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बारे आ आप्mनो धारणा राखेका थिए ।
कार्यक्रममा सिएट टायरका कन्ट्री म्यानेजर राजपाल चढा, एसटीसी गु्रपका मिलनजीको विशेष उपस्थिमा उनीहरुलाई बजार व्यवस्थापनबारे जानकारी गराइएको थियो । सिएट टायरका कन्ट्री म्यानेजर राजपाल चढाले सिएट टायरको विशेषताबारे खुद्रा विक्रेताहरुलाई जानकारी गराएका थिए । सिएट टायरले अघिल्लो समय जनकपुरसहित मधेश प्रदेशमा छुट्टै पहिचान बनाउँदै ग्राहकको पहिलो रोजाई बन्न सफल भएकोमा सिएट टायरका कन्ट्री डायरेक्टर राजपाल चढाले सबैमा बधाई ज्ञापन समेत गरेका थिए । उक्त कार्यक्रममा नमस्ते जनकपुर इन्कर्पोरेट प्रा.लि.का म्यानेजर सुनिल यादवले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा कार्यक्रमका अध्यक्षता गरेका नमस्ते जनकपुर इन्कर्पोरेट प्रा.लि.का प्रबन्ध निर्देशक यादवले आगामी दिनमा सिएट टायरको बजार थप व्यवस्थित गरेर अघि बढने विश्वास व्यक्त गरेका थिए ।