एजेन्सी
जनकपुरधाम । एशेज श्रृंखला शुरु हुन तीन साता बाँकी रहँदा अष्ट्रेलियाका कप्तान टिम पेनले कप्तानी छाड्ने घोषणा गरेका छन् ।
शुक्रबार बिहान संचारकर्मीहरुसित कुराकानी गर्दै उनले अष्ट्रेलिया टोलीको कप्तानबाट राजिनामा गरेको घोषणा गरेका हुन् । अष्ट्रेलिया क्रिकेट बोर्ड(सीए) ले पेनको कप्तानी छाड्ने निर्णयलाई पारिवारिक बताउँदै स्वीकार गरेको छ । उनको राजिनामा स्वीकार गरिएको छ, सीएले भनेको छ–अव नयाँ कप्तानको खोजी तीव्र पारिएको छ ।
सीएले पारिवारिक कारण बताएपनि क्रिकेट अष्ट्रेलियाले चार वर्षअघि महिला सहकर्मीलाई अभद्र सन्देश पठाएको अनुसन्धानमा परेपछि पेनले राजिनामा दिएका हुन् ।
यद्यपी उनले आउँदो डिसेम्बर ८ तारेखदेखि शुरु भइरहेको एशेज श्रृंखलामा छनौटको लागि आपूm उपलब्ध रहेको पेनले बताएका छन् । सन् २०१८ देखि कप्तानी सम्हालेका पेनले आप्mनो नेतृत्वमा खेलेका २३ मध्ये ११ मा अष्ट्रेलिया विजयी भएको थियो । सन् २०१० मा पाकिस्तान विरुद्ध टेष्टमा डेब्यु गरेका थिए । ३५ टेष्ट खेलेका उनको उच्चतम स्कोर ९२ रहेको छ । ३५ म्याच खेलेर शतक बनाउन नसकेको उनी एक मात्र अष्ट्रेलियन खेलाडी हुन् । इंग्लैण्ड र अष्ट्रेलिया बीच हुने प्रतिष्ठित परम्परागत एशेज श्रृंखला अन्तर्गत पाँच टेष्ट म्याच खेलिने छ ।